
हजरौको भिडमा नजर तिमीतिर पर्यो,
खोजिराथ्यो मनले डेरा तिमीतिर सर्यो,
एउटा माया गर्ने मान्छे भेटाइदे भनेको थेँ,
के बुझ्यो त्यो ताराले खै तिमीतिर झर्यो,
मुटुमाझ कस्लाई राखौँ दोधारमा परेको थिएँ,
ईशारा यो मनले पनि तिमीतिर गर्यो,
मुटुभरि को माया केबल तिमीलाई माया,
माया गर्ने मान्छे भेटेँ मनको पिर टर्यो,
मेरो खुशीमा रमाउँदै तारा चम्के रात भरी,
औँसीको रातमा पनि जुनले आज प्रकाश छर्यो ।
सुरज के सी स्वप्निल
No comments:
Post a Comment