Welcome

Welcome

Thursday, 30 December 2010

चार मुक्तक

नटुटोस् 'सपना' 'आँसु' लुकाई हाँस्न सँकु,
साथीहरु सबैसँग चोखो 'प्रिती' गाँस्न सँकु,
'करुणा' भाव मनमा सधैं मेरो रहिरहोस्,
'अरु' 'सबी' को साथ सधै खुशीसाथ बाँच्न सँकु ।

सफलताले तिमिलाई चुम्दा धेरै खुशी हुनेछु म,
दुख: पर्दा नरुनु तिमी तिम्रो साटो रुनेछु म,
मेरो सारा खुसिहरु तिमीलाई दिन पाए हुन्थ्यो,
दुख,पिडा सबै तिम्रो मैले लिन पाए हुन्थ्यो।


म देखि कोहि पनि नरिसओ साथीहरु,
तिमीहरु बाहेक यहाँ मेरो को छ र अरु,
गल्ती मैले गर्दाखेरी माफ गर्नु तिमीहरुले,
टाढा नहुनु कहिलेनी कान समाओ मेरो बरु।


जति टाढा भएपनि तिमीहरु मनभित्र,
दुनियाँले जे सोचेनि हाम्रो नाता छ पवित्र,
सुखदुखको कुरा म तिमीहरुलाई भन्ने गर्छु,
सधैंभरि साथ दिने तिमीहरु असल मित्र।

सुरज के सी स्वप्निल

No comments:

Post a Comment