गजल
मनमा नौलो खुशी किन आज छाएको छ,
कोइलिले मेरै लागि लाग्छ गीत गाएको छ,
उंमगले किन आज मन मेरो नभरियोस्,
तिमीसँग मिठो माया मनले जो लाएको छ,
पिडा हुन्छ किन अब मेरो यो मनलाई,
तिम्रो चोखो माया अनि साथ जो पाएको छ,
अब पुरा गर्नुछ मनले दिएको वाचाहरु,
तिमीसँग जिउने मर्ने कसम जो खाएको छ ।
सुरज के सी 'स्वप्निल्'
No comments:
Post a Comment