Welcome

Welcome

Wednesday, 29 December 2010

गजल


सम्झेर तिमीलाई नै लेख्दै छु यो गीत मैले,
मनै देखि लगाएको निश्चल यो प्रित मैले,

थाहा छैन तिम्ले मलाई चाहन्छौ कि चाहदैनौ,
तिम्लाई माया गर्न पाउनु सम्झेको छु जित मैले,

बिपनामा नभेटेनी गुनासो म गर्ने छैन,
सपनामा भेटी दिनै मारेको छु धित मैले,

मायाको त्यो रमाइलो दुनियाँमा हरा'को छु,
कल्पना त्यो मिठो सँग लाएको छु मित मैले,

माया गर्ने मान्छेसँग सधैं सँगै नभइने,
नबुझेको संसारको यही हो रित मैले ।

सुरज के सी 'स्वप्निल्'

No comments:

Post a Comment