गजल
तिमी थियौ म थिएँ अनि जुनेली रात थियो,
इशारा मै बुझ्न सक्ने हाम्रो मिठो बात थियो,
रात हाम्रो एक अर्काको अँगालोमै बित्ने गर्थ्यो,
जन्मजन्म नछुटिने हाम्रो अटुट साथ थियो,
मन मिल्थ्यो तन मिल्थ्यो हामी बिच सबै मिल्थ्यो,
मिल्थेन त एउटा कुरा त्यो हाम्रो जात थियो,
रुचायनौ आज तिमीले हाम्रो यो सम्बन्धलाई,
झुटो माया दिनु तिमीले म माथिको घात थियो ।
सुरज के सी 'स्वप्निल्'
No comments:
Post a Comment