गजल
तिमीलाई जिन्दगी भर माया म गर्न सक्छु,
तिम्रै लागि मर्नु परे पनि म मर्न सक्छु,
जिन्दगी यो सागर भएपनि के भो र,
तिम्रो साथ पाएँ भने सजिलै म तर्न सक्छु,
सँसार यो अन्धकार भए पनि के भो र,
तिम्रो माया पाँए भने उज्यलो म छर्न सक्छु,
तिमी जमिन म आकाश भए पनि के भो र,
तिम्रै लागि आकाशबाट तारा बनी झर्न सक्छु,
दुनियाँले मिल्न दिन्न भने पनि के भो र,
रावण बनी सितालाई झै तिम्लाई पनि हर्न सक्छु ।
(समर्पण :मैले माया गर्ने मान्छेलाई )
सुरज के सी स्वप्निल
No comments:
Post a Comment