गजल
अन्धँकारै भए पनि रातको छुट्टै महत्व छ,
मायालुको मिठो त्यो बातको छुट्टै महत्व छ,
आखाँ भरि सधै तस्विर तिम्रो आउँछ अचेल,
मनभरि सम्झनाका खातको छुट्टै महत्व छ,
बाटुलो कम्मर तिम्रो मिलेको त्यो जिउडाल,
नशालु आँखाका ति मातको छुट्टै महत्व छ,
मन दुख्दा अनायासै आँसु झर्छन् कहिले काहिँ,
आँसु झर्दा पुछिदिने हातको छुट्टै महत्व छ।
सुरज के सी स्वप्निल
No comments:
Post a Comment