
बिश्वास चाँही गर्दैनौ तर माया गर्छु भन्छौ,
खुसी चाँही दिदैनौ मेरो लागि मर्छु भन्छौ,
बिश्वासमा नै फुल्छ प्रेम बुझ्दैनौ किन तिमी,
प्वाल पार्छौ गाग्रीमा अनि पनि भर्छु भन्छौ,
सानो कुवा,तलाउ,खोला,इनारमा नै अड्किराख्छौ,
भन्नलाई चाँही मायाको समुन्द्रलाई तर्छु भन्छौ,
बाचेँको छौ अन्ध्याँरोमा डराउँछौ प्रकाश देखि,
किरण सरी सबैमा उज्यालो चाँही छर्छु भन्छौ,
हुन्न साथि यसरी कसरी चल्छ जिन्दगानी,
सानो कुरा ठुलो बनाइ अन्तै तिमि सर्छु भन्छौ
सुरज के सी 'स्वप्निल्'
No comments:
Post a Comment