
दुख मनमा नपरी त्यसै बिष खाँइदैन,
नछुटि मायालुसँग बिछोडको गीत गाँइदैन,
झुटो रहेछ संसार यो जता पनि घातै घात,
भोली छोडि जान्छौ भने तिम्रो माया चाँहिदैन,
दुखी हुनु पर्छ भने के माया लगाउनु खै,
एक्लै खुशी हुन्छु बरु झुटो माया लाँइदैन,
तिम्रो स्वार्थ पुरा गर्न माया लाउने बानी रैछ,
थाहा पाँए आज देखि तिम्लाई भेट्न धाँइदैन,
किन भाको होला यस्तो यो संसार आजभोलि,
बिश्वास गर्न लायक यँहा कोही पनि पाँइदैन ।
सुरज के सी 'स्वप्निल्'
No comments:
Post a Comment