Welcome

Welcome

Thursday, 30 December 2010

के गरौं ?????

गजल
दोबाटोको यो जीवनलाई कतातिर मोडुँ,
प्राण हौ तिमी मेरो कसरी म छोडुँ,

दुई मुटु मिली यो सम्बन्ध यो बनेको छ,
पवित्र यो सम्बन्धलाई कसरी म तोडुँ,

मायाको बिउ रोपेको थ्यौँ आज बिरुवा उम्रेको छ,
भाँचु कि म यसलाई मल हालेर गोडुँ,

आज सम्बन्ध बिग्रिदिँदा मन साह्रै दुखेको छ,
टुक्रेको यो मुटु लाई कसरि म जोडुँ ।

सुरज के सी 'स्वप्निल्'

No comments:

Post a Comment