गजल
नजिक हुनु टाढा हुनु नियतिको खेल रैछ,
सच्चा माया भनेको २ मुटुको मेल रैछ,
नदिमा पुगेपछि बग्नै पर्ने नियम यसको,
माया अरु केही होइन बर्षायामको भेल रैछ,
खै कता छुटे कुन्नी माया गर्ने मान्छेहरु,
दौडी राखने सधैंभरी माया एउटा रेल रैछ,
सफल हुने भाग्यमनी आसफलको ठुलो तातिँ,
थोरै हुन पास यसमा धेरै चाँही फेल रैछ,
अपराधि नभएनी यदि प्रेमि होउ भने,
सजाय काट्नु पर्ने माया एउटा जेल रैछ,
कसलाई विस्वास गरौ सबै धोखा दिने मात्रै,
झुटो यो संसारमा माया जाल झेल रैछ ।
सुरज के सी स्वप्निल
No comments:
Post a Comment