Welcome

Welcome

Thursday, 30 December 2010

माया तिमीले.................

गजल
बालापनको खेल भनि टारी दियौ माया तिमीले,
मेरो मनबाट अन्तै सारी दियौ माया तिमीले,

मायाको फुल रोपेको थ्यौँ आज फुल्ने समयमा,
फुल्नै नपाई कोपिलामै झारि दियौ माया तिमिले,

माया गर्छु भन्यौ तिमीले पसेँ तिम्रो मन भित्र,
छल गरी मनभित्रै मारी दियौ माया तिमीले,

जीवनको त्यो गोरेटोमा सँगै हिंड्ने कसम खाथ्यौँ,
दोबाटोमै अलपत्र पारी दियौ माया तिमीले,

छाडी दियौ लगेर मायाको त्यो समुन्द्रमा,
डुबाएनौ पनि न त तारिदियौ माया तिमीले ।

सुरज के सी स्वप्निल

No comments:

Post a Comment