Welcome

Welcome

Wednesday, 29 December 2010

गजल

तिमी थियौ अघिल्तिर नबोलेरै साँझ कट्यो,
दुबैका थिए मनमा कुरा नखोलेरै साँझ कट्यो,

धेरै लामो समय पछि बल्ल बल्ल भेट भाको,
भेटमा खुशीको आँशु नरोएरै साँझ कट्यो,

बिर्सिएछौँ दुनियाँलाई आँखामाथि आँखाको नजर,
न्यानो स्पर्श मायाको नछोएरै साँझ कट्यो,

थिए होलान गल्तीहरु कमी कमजोरी आफ्नो आफ्नो,
धुनुपर्ने मायाको दाग नधोएरै साँझ कट्यो,

सुख दुखमा साथ दिने सपना हाम्ले बुनेका थियौँ,
एक अर्काको माया हाम्ले नघोलेरै साँझ कट्यो ।

सुरज के सी 'स्वप्निल्'

No comments:

Post a Comment