मनभित्र बस्ने उनको यादमात्रै पनि मिठो,
हेराइ लठ्ठ पर्ने उनको बातमात्रै पनि मिठो,
खोजी हिँड्छु बिपनामा भेटिदैँन कतैपनि,
सपनामा दुई पल उनको साथ मात्रै पनि मिठो ।
फुलको थुँगा भरि पनि तिमीलाई देख्छु अचेल,
कतै तिमी जाउला भनि मन भित्रै छेक्छु अचेल,
बादलले अनयासै जुन त्यो छेकिदिँदा,
कस्तो छ तिम्लाई भनि चिट्ठीहरु लेख्छु अचेल ।
बिर्से जस्तो गरे पनि याद तिम्रो आको हुन्छ,
पल पल सम्झनामा मेरो मुटु खाको हुन्छ,
मायालुसँग छुटिएर बिछोडमा बाँच्नुपर्दा,
कसले बुझीदिन्छ र कति गाह्रो भाको हुन्छ ।
जती टाढा भए पनि तिमी मेरो मनभित्र,
दुनियाँले जे सोचेनी हाम्रो नाता छ पवित्र,
सुख दुखको कुरा तिमी लाई भन्ने गर्छु,
सधैभरि साथ दिने तिमि मेरो असल मित्र।
सुरज के सी 'स्वप्निल्'
No comments:
Post a Comment