Welcome

Welcome

Wednesday, 29 December 2010

गजल


साथी तिम्लाई खुशी राख्ने प्रयास मेरो जारी छ,
मुटुमा छ माया मनमा सम्झनाको घारि छ,

डुल्छ प्राय त्यहाँ गाई बास्नाले मन खुशी हुन्छ,
मित्रताको फुल रोपेको छुट्टै एउटा बारि छ,

कसरी पो पुग्ने होला मिलन को त्यो बिन्दुमा,
म छु वारी साथी मेरो समुन्द्र को पारी छ,

रमाइला ती पलहरु सम्झनामै सिमीत भए,
यादले ती दिनहरुको मुटु मेरो भारि छ,

टाढा भए पनि हाम्रो साथ कहिले छुट्ने छैन,
पोल्ने घामलाई छेक्ने हाम्रो मित्रताको छहारि छ ।

सुरज के सी 'स्वप्निल्'

No comments:

Post a Comment