
दिनहरु बित्छन अचेल सम्झनाका लहरमा,
याद तिम्रै आउने गर्छन् रातको त्यो प्रहरमा,
मिठो माया लगाई सँगै जिउने चाहाना छ,
तिम्रै लागि आएको छु अन्जान यो शहरमा,
डर लाग्छ माया तिम्रो पाँइदैन कि भनि,
बित्ने हो कि जीवन कतै रहरै रहरमा,
माया गर्छु तिमिलाई अझै बढी बिस्वास गर्छु,
तिमी बाहेक कोही छैन मेरो यो नजरमा,
स्विकारेर मेरो माया राखिदेउ तिम्रो मनमा,
लेख्न कोशीस गरे गजल मैले तिम्रो कदरमा ।
सुरज के सी 'स्वप्निल्'
No comments:
Post a Comment