Welcome

Welcome

Wednesday, 14 December 2011

Art Of living

Art of living.......
I was not entered Art of living by any plan.It was May&the Art of living has organized the Maha Satsang Programme in Tudikhel.I knew it through holding board which was kept in Tinkune.That time my room was at pepsicola.While coming to office & going to room from my eyes always reach at that holding board.As I was interested in meditation from childhood I decided to join the Maha Satsang.Many time me n my frens were palnning to go for meditaion,we never could manage the time.We were attracted & wanting to go Vipasyana Dhyan kendra.But we could never manage 10 days time.And at that time Maha Satsang with Sri Sri Ravi Shanker was organized.I decided to go&made a call to my fren to inform.& she also agreed to go.To be frank I never heard about Art of living & Sri Sri Ravi Shanker before.I just decided to go & see what would happen.& the day of Maha Satsang,Saturday,I reached Tudikhel at arroud 5.15.My friend also came but as her one friend called her&he was going aboard another day,she went to meet her.I entered Tudikhel alone.Many people were there.I walked here & there some time looking people arroud.I always hope I could meet some people in such large gathering whom I know but till date i have not meet anyone.After some time Sri Sri entered Tudikhel.I decided to sit at middle.Bhajans & announcements were being made from stage.Because I was just come incidently,I wasnot hoping anything.Then mike was given to SRI SRI.I was seeing him for the first time.He said his first word,Sanchai hunuhun6'?I was impressed by his voice.What a Cute Voice like a Child.Then I was just hearing what he is saying.He made all of us to close the eyes and to meditiate for peace in Nepal.It was my first experiance of meditaiting with some guidance & with many people.The Om chant was wonderful.The time I spend there (almost 1.30 hr) was my good experianced time till date.& after ...............................To be continue...

Thursday, 6 January 2011

गजल


हजरौको भिडमा नजर तिमीतिर पर्‍यो,
खोजिराथ्यो मनले डेरा तिमीतिर सर्‍यो,

एउटा माया गर्ने मान्छे भेटाइदे भनेको थेँ,
के बुझ्यो त्यो ताराले खै तिमीतिर झर्‍यो,

मुटुमाझ कस्लाई राखौँ दोधारमा परेको थिएँ,
ईशारा यो मनले पनि तिमीतिर गर्‍यो,

मुटुभरि को माया केबल तिमीलाई माया,
माया गर्ने मान्छे भेटेँ मनको पिर टर्‍यो,

मेरो खुशीमा रमाउँदै तारा चम्के रात भरी,
औँसीको रातमा पनि जुनले आज प्रकाश छर्‍यो ।

सुरज के सी स्वप्निल

Thursday, 30 December 2010

चार मुक्तक

नटुटोस् 'सपना' 'आँसु' लुकाई हाँस्न सँकु,
साथीहरु सबैसँग चोखो 'प्रिती' गाँस्न सँकु,
'करुणा' भाव मनमा सधैं मेरो रहिरहोस्,
'अरु' 'सबी' को साथ सधै खुशीसाथ बाँच्न सँकु ।

सफलताले तिमिलाई चुम्दा धेरै खुशी हुनेछु म,
दुख: पर्दा नरुनु तिमी तिम्रो साटो रुनेछु म,
मेरो सारा खुसिहरु तिमीलाई दिन पाए हुन्थ्यो,
दुख,पिडा सबै तिम्रो मैले लिन पाए हुन्थ्यो।


म देखि कोहि पनि नरिसओ साथीहरु,
तिमीहरु बाहेक यहाँ मेरो को छ र अरु,
गल्ती मैले गर्दाखेरी माफ गर्नु तिमीहरुले,
टाढा नहुनु कहिलेनी कान समाओ मेरो बरु।


जति टाढा भएपनि तिमीहरु मनभित्र,
दुनियाँले जे सोचेनि हाम्रो नाता छ पवित्र,
सुखदुखको कुरा म तिमीहरुलाई भन्ने गर्छु,
सधैंभरि साथ दिने तिमीहरु असल मित्र।

सुरज के सी स्वप्निल

जीवन................

गजल
आसा र निरासामा बाँच्नु पर्ने जीवन रैछ,
कहिले खुशी कहिले दुख साँच्नु पर्ने जीवन रैछ,

असफलतामा पाठ सिकी सफलतालाई भेट्नुपर्ने,
आफ्नो योग्यता आँफै जाँच्नु पर्ने जीवन रैछ,

फुल मात्रै होइन रैछ जीवन सधैं सुवास छर्ने,
घोच्ने सबै काडाँहरु भाँच्नुपर्ने जीवन रैछ,

रगँमन्चको कलाकार जस्तै नाटक धेरै गर्नु पर्ने,
आँगन टेडो भयपनि नाच्नु पर्ने जीवन रैछ

आफु अघी पुग्ने होडमा सबै जना दौडि रा'छन,
अरुसँग होइन आँफैसँग दाँज्नुपर्ने जीवन रैछ ।

सुरज के सी स्वप्निल

मायाको परिभाषा...............

गजल
नजिक हुनु टाढा हुनु नियतिको खेल रैछ,
सच्चा माया भनेको २ मुटुको मेल रैछ,

नदिमा पुगेपछि बग्नै पर्ने नियम यसको,
माया अरु केही होइन बर्षायामको भेल रैछ,

खै कता छुटे कुन्नी माया गर्ने मान्छेहरु,
दौडी राखने सधैंभरी माया एउटा रेल रैछ,

सफल हुने भाग्यमनी आसफलको ठुलो तातिँ,
थोरै हुन पास यसमा धेरै चाँही फेल रैछ,

अपराधि नभएनी यदि प्रेमि होउ भने,
सजाय काट्नु पर्ने माया एउटा जेल रैछ,

कसलाई विस्वास गरौ सबै धोखा दिने मात्रै,
झुटो यो संसारमा माया जाल झेल रैछ ।

सुरज के सी स्वप्निल

म तिमीलाई माया गर्छु...........

गजल
तिमीलाई जिन्दगी भर माया म गर्न सक्छु,
तिम्रै लागि मर्नु परे पनि म मर्न सक्छु,

जिन्दगी यो सागर भएपनि के भो र,
तिम्रो साथ पाएँ भने सजिलै म तर्न सक्छु,

सँसार यो अन्धकार भए पनि के भो र,
तिम्रो माया पाँए भने उज्यलो म छर्न सक्छु,

तिमी जमिन म आकाश भए पनि के भो र,
तिम्रै लागि आकाशबाट तारा बनी झर्न सक्छु,

दुनियाँले मिल्न दिन्न भने पनि के भो र,
रावण बनी सितालाई झै तिम्लाई पनि हर्न सक्छु ।

(समर्पण :मैले माया गर्ने मान्छेलाई )
सुरज के सी स्वप्निल

मायाको वार्तालाप

मैले भने:

प्यास लाग्यो मायाको पिउन देउ अलिकति,
दुई मुटु जोडी हाम्रो सिउन देउ अलिकति,

खुशी धेरै हुन्छ भन्छन मायाको त्यो संसारमा,
प्रेममा डुबी तिम्रो मलाई जिउन देउ अलिकति ।



उनले भनिन्:

भर छैन मेरो प्रिय मलाई माया नगर भो,
झुटो कसम खान्छु म त मेरो भर नपर भो,

तिम्रै लागि बाचेँका छन् धेरै यो संसारमा,
मैले देको धोका सम्झि तिमी यहाँ नमर भो ।

म के गरौ होला ?

सुरज के सी स्वप्निल